२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि



काठमाडौं । गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । होम क्वारेन्टाइनमा मृत्यु भएका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएका हो । उनको बिहीबार राति मृत्यु भएको थियो ।

मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

मृतक प्यारालाइसेसको बिरामी थिए । जेठ २५ गते भारतबाट आएर उनी होम क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बस्न नसक्ने भएपछि छोरी ज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टिनमा राखिएको थियो । मृतकको शवलाई शुक्रबार नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

परिवारको सहमतिअनुसार शवलाई नेपाली सेना र नेपाल प्रहरीले शुक्रबार बिहान नै व्यवस्थापन गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । गुल्मीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रकाशित मिति : २०७७, ६ असार शनिबार ००:००  ९ : ५२ बजे