२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुनपा १२ मा नयाँ अभ्यास : भर्चुवल बैठक बसेर आगामी वर्षका योजना तर्जुमा गर्दै वडा



काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले कोरोेना महामारीका बिचपनि वडाबासीका बिचबाट योजना छनोट गर्ने भएको छ । कोरोना कहरलाई बहाना बनाएर देशभरका स्थानीय तहले आफुखुसी योजना बनाईरहेका बेला बुनपा १२ ले योजना तर्जुमाका सबै चरण पुरा गर्ने भएको हो ।

विगतमा टोल विकास समितिको समेत पहलमा बस्तिस्तरबाट योजना प्राथमिकिकरण गरेर वडामा ल्याउने चलन थियो । नियमानुसार योजना तर्जुमाका सबै चरण पुरा गर्ने गरेको वडाले यसवर्ष प्रविधिको प्रयोगबाट भर्चुवल (जुम) बैठक बसेर वडाबासीसँग छलफल गरेर योजना तर्जुमा गरिने वडाअध्यक्ष शम्भुप्रसाद भटराईले बताए । वडाबसीको माग र आवश्यकताका आधार योजना तय गर्दा पारदर्शी र जनप्रिय हुने उनको भनाई छ । ‘हामी जनताद्धारा निर्वाचित जनप्रतिनिधि जनताको माग र आवश्यकतालाई सम्बोधन गर्न निरन्तर लागिरहेका छौं । यस वर्ष कोरोनाका कारण सशरीर उपस्थित भएर छलफल गर्न नसकिएपनि प्रविधिको प्रयोग गरेर योजना प्राथमिकिकरण गर्दैछौं ।’ अनलाइन सरोकारसँग उनले भने, ‘विगतमा भन्दा यो वर्षको वडाको नीति कार्यक्रम र बजेट थप नतिजामुखि बनाउने लक्ष्य छ । विगतका अधुरा योजना र पुरागर्नबाँकी मागहरु सबै सम्बोधन हुनेछन् ।’ चुनावी घोषणा पत्र र वडाको आवश्यकता अनुसार नगपालिका भित्र अब्बल काम गरेको उनको दावी छ ।

वडाको योजना तथा कार्यक्रमका बारेमा भर्चुअल बैठक जेष्ठ १९ गते बुधवार बिहान ११.३० बजे बस्ने छ । उक्त छलफलमा सहभागिताका लागि वडाले सबै सरोकारवाला र वडाबासीलाई अनुरोध गरेको छ ।  

प्रकाशित मिति : २०७८, १७ जेठ सोमबार ००:००  १० : ५५ बजे