२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगा जिल्लाभर पुग्नेगरि कांग्रेस नेता खतिवडाले ल्याए लाखाैंका स्वास्थ्य सामाग्री



नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा स्वास्थ्य सामाग्री लिएर ओखलढुंगा आईपुगेका छन् । कोरोना संक्रमणबाट नागरिकलाई बचाउन जिल्लाभर मास्क बाड्ने गरि ९५ हजार थान मास्कसहितका स्वास्थ्य सामाग्री लिएर खतिवडा जिल्ला आएका हुन् ।

जिल्लाका सबै ८ वटै स्थानीय तहका ७५ वटा वडामा प्रति वडा एक हजारका दरले मास्क, ५ लिटरका दरले सेनिटाईजर खतिवडाले पठाएका छन् । विहिबार बिहान जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच नेता खतिवडाले सामान हस्तान्तरण गरेका छन् ।

कोरोना संक्रमण न्यूनिकरणका लागि अग्रभागमा रहेर काम गर्नेहरुका लागि जिल्लाका सबै वडामा समानुपातिक हिसाबले प्रतिवडा हजार थान मास्क र ५ लिटरका दरले सेनिटाईजर सहित उपलब्ध गराउने गरि प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको खतिवडाले बताए । ‘जिल्लाका जनता बचाउने अभियानमा हामी छौं । कोही पनि ओखलढुंगे नागरिक कोरोनाबाट मर्न नपरोस् भन्ने उद्देश्य र यतिबेला जिल्लाभरबाट मास्क, सेनिटाइजरको माग बढेकाले मैले जिल्लाभर पुग्नेगरि प्रशासनलाई सामान हस्तान्तरण गरेको छु ।’ खतिवडाले भने, ‘जिल्लाका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अन्य अग्रभागमा खटिनेका लागि समेत आवश्यक स्वास्थ्य सामाग्री ल्याएको छु ।’ जिल्ला स्थित सुरक्षा निकाय, कोरोना संक्रमण नियन्त्रणमा खट्ने सरोकारवाला र अस्पताल तथा स्वास्थ्यकर्मीका लागि समेत मास्क, सेनिटाइजर, ७५ थान पिपिइ सेट, संक्रममितको शव व्यवस्थापन गर्दा सेनाले लगाउने कपडा, १५०० पिस साबुन सहितको करिब ५ लाख भन्दाबढीका सामान खतिवडाले प्रशासनलाई उपलब्ध गराएका हुन् ।

नेपाली सेनालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कांग्रेस नेता रामहरि खतिवडा । तस्बिर रविन श्रेष्ठ

नेता खतिवडा मार्फत उपलब्ध सामाग्री तोकिएका स्थानमा पठाईने सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले बताए ।

संविधान सभाका सदस्य समेत रहेका नेता खतिवडाले गतवर्ष देखिनै कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लामा स्वास्थ्य सामाग्रीहरु सहयोग उपलब्ध गराउँदै आएका छन् ।

खतिवडाले गतवर्ष मानेभञ्ज्याङ क्षेत्रमा गुर्जोका विरुवा समेत वितरण गरेका थिए । यसवर्ष मानेभञ्ज्याङ  र चम्पादेवी क्षेत्रमा रोगप्रतिरोधात्मक क्षमता बढाउने भिटामिन सहितका औषधी बाँडेका छन् ।

प्रकाशित मिति : २०७८, २० जेठ बिहीबार ००:००  ४ : ०३ बजे