२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा बिहिवार ८० जनाले कोरोना जिते,९ जना संक्रमित थपिए



ओखलढुंगामा बिहिवार ८० जनाले कोरोना संक्रमणलाई जितेका छन् । बिहिवार जिल्लाका विभिन्न पालिकाका ८० जना संक्रमितले कोरोना संक्रमणलाई जितेका हुन् ।

जिल्लाका ८० जना संक्रमतिहरु कोरोना संक्रमण मुक्त भएको र थप ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । संक्रमण मुक्त हुनेमा सिद्धिचरण नगरपालिकाका १० जना, चिसंखुगढी गाउँपालिकाका २१ जना, सुनकोशीका १९ जना, लिखुका २६ जना, खिजिदेम्बाका १ जना, मोलुङका १ जना र सोलुखुम्बुका २ जना रहेका छन् ।

जिल्लामा बिहिवार ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला सामुदायिक अस्पतालमा गरिएको एन्टिजेन परिक्षणबाट थप ९ जनामा संक्रमित थपिएका छन् ।

८० जनाले कोरोना संक्रमणलाई जितेसँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ सय ९३ पुगेको छ ।

जिल्लामा ७ सय ५६ जनामा संक्रमण पुष्टि भएकोमा हाल ५ सय ५८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने कोरोना संक्रमणबाट जिल्लामा ६ जनाको मृत्यु भईसकेको छ ।

संक्रमित मध्ये १६ जना अस्पतालमा उपचाररत रहेको र ५ सय ४२ जना होम आईसोलेसनमा छन् ।

प्रकाशित मिति : २०७८, २० जेठ बिहीबार ००:००  ५ : ०३ बजे