२०८२, २ पुस बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एमाले सुनकोशी विपद् व्यवस्थापन समितिद्धारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग



ओखलढुंगाको सुनकोशी गाउँपालिकाका नेकपा एमालेका नेता कार्यकर्ताले गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । महामारीको रुप लिएर फैलिएको कोरोना संक्रमण न्यूनिकरण तथा संक्रमितको उपचारमा योगदान गर्ने उद्देश्यले नेकपा एमालेका नेता कार्यकर्ताले अक्सिजन सहितका स्वास्थ्य समाग्री गाउँपालिकालाई सहयोग गरेका हुन् ।

नेकपा एमाले सुनकोशी गाउँ कमिटिका नेताहरुले केही दिन अघि युवा नेता सुनिल खड्काको संयोजकत्वमा नेपाल कम्प्युनिस्ट पार्टी (एमाले) विपद व्यवस्थापन सहयोग समिति गठन गरेका थिए । सोेही समितिको संयोजनमा खरिद गरिएको समाग्री विहिबार एमाले सुनकोशी गाउँ कमिटी अध्यक्ष हितराज कार्की सहितका नेताहरुको उपस्थितीमा समितिका सहसंयोजक एवम् एमाले नेता झनककुमार कार्कीले गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीलाईसामाग्री हस्तान्तरण गरेका छन् ।

भिटिएम किड ५ सय २० थान, अक्सिजन सिलिन्डर ५ थान, पल्स अक्सिमिटर १० थान, सर्जिकल माक्स ७ हजार ५ सय थान, पञ्जा ७ सय थान, सेनिटाइजर २० जार, सेनिटाइजर बोत्तलमा ७२ थान, पुनप्रयोग गर्न मिल्ने गाउन १४ थान सहयोग गरिएको नेता कार्कीले जानकारी दिए । संकटमा नागरिकको जीवनर रक्षा गर्न पार्टीले गठन गरेको विपद् समितिको तर्फबाट गाउँपालिका मार्फत सहयोग उपलब्ध गराईएको सह संयोजक कार्कीले बताए । एकद्धार नीति अनुरुप गाउँपालिका मार्फत नागरिक माफ पुग्ने प्रयास गरिएको उनको भनाई छ । ‘सकेसम्म रोग नलागोस् भनेर संक्रमण रोकथाम गर्ने मास्क सेनिटाइजर, यदि लक्षण देखिए गाउँघरमै स्वास्थ्य चौकीमा जाँच गर्न सबै सबै स्वास्थ्य संस्थामा अक्सिमिटर र संक्रमण भएर जटिल अवस्थामा पुगे आवश्यक पर्ने अक्सिजन समेत गाउँमै उपलब्ध गराएका छौं ।’ सुनकोशी ९ का वडाअध्यक्ष समेत रहेका एमाले नेता कार्कीले भने, ‘पार्टीले एउटा योजना बनायो, समिति बन्यो र हामीले हाललाई यति सहयोग गरेका छौं । हाम्रो समितिले आगामी दिनमा पनि विपद्मा परेकाहरुलाई सहयोग र उद्धारका कामलाई निरन्तरता दिन्छ ।’ सहयोग कहाँ कति उपलब्ध गराउने भन्ने सूचि समेत समितिले गाउँपालिकालाई बुझाएको छ । त्यसमा गाउँपालिका भित्रका सबै ७२ जना महिला स्वास्थ्य स्वयं सेविका, १० वटै स्वास्थ्य चौकी, ३ वटा स्वास्थ्य इकाई, एउटा पालिका स्तरीय अस्पताल, प्रहरी लगायतका निकाय मार्फत नागरिकमाझ पुग्नेगरि सामान उपलब्ध गराईएको जनाईएको छ ।

आपत विपद्मा बाचौं र बचाऔं भन्ने अभियानका लागि नेकपा एमाले सुनकोशी गाउँपालिकाले गठन गरेको विपद व्यवस्थापन समितिको तदर्थ समितिका संयोजक सुनिल खड्का र सह–सम्योजक  झनक कार्कीको अगुवाइमा, नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चका सचिव नवराज श्रेष्ठ, एमाले गाउँपालिका कमिटी  अध्यक्ष हितराज कार्की, गाउँपालिका कमिटी सचिव रमेशकुमार खड्का, काठमाडौं उपत्यका उपसमिति संयोजक देवेन्द्रबाबु राई, पोखरा संयोजक गोविन्द खड्का, पोखरा सह सम्योजक तिर्थराज मगर, जापान संयोजक शुरेस घिमिरे, युवा संयोजक प्रचण्ड खड्का लगायतको विशेष सकृयतामा  नेकपा एमाले शुनकोशी विपद् व्यवस्थापन समितिले सुनकोशी गाउँपालिकाका नागरिकको स्वास्थ्य संकटमा साथ दिने अभियान थालेको छ । याे अभियानमा अरु थुप्रै युवाहरुकाे साथ छ । पहिलो चरणमा स्वास्थ्य सामाग्री सहयोग गरिएको र निरन्तर सहयोगका कार्यक्रम ल्याउने योजना रहेको सम्पर्क मञ्चका सचिव नवराज श्रेष्ठले बताए ।

सुनकोशी गाउँपालिकामा दाताको सहयोगमा पहिलो पटक भिटिएम किट र अक्सिजन सिलिन्डरहरु एमाले सुनकोशी गाउँपालिकाले गठन गरेको विपद व्यवस्थापन समितिले उपलब्ध गराएको छ । आगामी दिनमा पालिकाका सबै नागरिकको पहँचमा हुनेगरि अक्सिजन सहितको आइसोलेन तयार गरिने समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २० जेठ बिहीबार ००:००  ७ : ५४ बजे