२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगेली विश्व सञ्जाल सकृय, गृह जिल्लामा आइसीयु बेड र अक्सिजन सिलिन्डर पठायाे



कोभिड –१९ विरुद्ध ओखलढुंगेली विश्व सञ्जालले जिल्लाका अस्पतालहरुमा आइसीयु बेड सहयोग गरेको छ । बढ्दो कोरोनाको प्रकोपलाई नियन्त्रण तथा संक्रमितको उपचारका लागि बेलायत निवासी शिवजी श्रेष्ठको संयोजकत्वमा गठित कोभिड –१९ विरुद्ध ओखलढुंगेली विश्व सञ्जालले जिल्ला अस्पताल रुम्जाटार र सामुदायिक अस्पताल सोब्रुमा मनिटर सहितको आइसीयु बेड सहयोग गरेको हो ।

विश्व सञ्जाल अन्तरगतको स्थानीय समितिका संयोजक तथा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले सामुदायिक अस्पतालका निर्देशक युवराज आचार्य र जिल्ला अस्पतालका प्रमुख डा. दिक्षान्त प्रसाइलाई मनिटर सहितको आइसीयु बेड हस्तान्तरण गरेका छन् । दाताहरुले नै पठाएको प्राविधिक टोलीले अस्पतालहरुमा आईसीयु बेड जडान गरेपनि आईसीयु सहितको सेवा सुरु भएको छ ।

जिल्लामा यसअघि आईसीयु सहितको सेवा नहुँदा कोरोना संक्रमितको उपचारमा समस्या थियो ।

संसारभर रहेका ओखलढुंगेले स्वतस्फुर्त रुपमा गरेको सहयोग संकलन अभियानबाट तत्काल संक्रमितको उपचारमा सहजता ल्याउन पहिलो चरणमा जिल्लाका दुवै अस्पताललाई २–२ वटा आइसीयु बेड र जिल्लाका ८ वटै स्थानीय तहलाई लाई ५–५ वटाका दरले जिल्ला भर ४० वटा इक्विपमेन्ट सहितको अक्सिजन सिलिन्डर हस्तान्तरणको काम भईरहेको विश्व सञ्जालका संयोजक शिवजी श्रेष्ठले बताए । कर्म गर्नेका क्रममा विश्वका विभिन्न मुलुकमा पुगेका ओखलढुंगेलीहरुले गृह जिल्लाका नागरिकलाई सम्झेर गरेको सहयोगले संक्रमण रोकथाममा टेवा पुग्ने अपेक्षा गरिएको श्रेष्ठको भनाई छ । ‘आफ्नो जिल्ला र जिल्लाबासीको स्वास्थ्य सुरक्षाका लागि हामिले कोभिड १९ विरुद्धको विश्व सञ्जाल बनाएर सहयोग संकलनको काम गरिरहेका छौं । जिल्लामा स्थानीय समितिले संयोजनको भूमिका खेल्छ ।’ संयोजक श्रेष्ठले भने, ‘पहिलो चरणमा केही सामाग्री हस्तान्तरणको काम भईरहेको छ । जिल्लाको माग र आवश्यकता हेरेर थप सहयोगका कार्यक्रमहरु ल्याउँछौं ।’ अभियानले हाललाई जिल्लाभरका कोरोना संक्रमित नागरिकको उपचारमा सहयोग पुग्ने र दिर्घकालीन रुपमा जिल्लामा स्वास्थ्य उपचारको व्यवस्था गर्न आवश्यक सहयोग गर्ने सञ्जालको लक्ष्य छ ।

सहयोग संकलन जारी रहेकाले अभियानमा एकतावद्ध हुन सञ्जालका सदस्य सचिव श्रीराम तमुले सबैलाई आवहन गरेका छन् । जिल्लाका अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न आवश्यक अक्सिजन, भेन्टिलेटर आइसीयूलगायतका मेडिकल सामाग्री उपलब्ध गराउन सकेमा धेरै सहयोग पुग्ने सदस्य सचिव तमुको भनाई छ ।

अहिले विश्वका १६÷१७ देशमा एक साथ अभियान चलिरहेको छ । अन्य देशमा पनि क्रमशः अन्य देशमा रहेका ओखलढुंगेलीलाई पनि जोडने प्रक्रियामा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७८, २१ जेठ शुक्रबार ००:००  २ : ०० बजे