२०८१, ४ जेठ शुक्रबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले नेता कार्कीकाे पहलमा जिल्लामा अक्सिजन,भिटिएम किट सहितका स्वास्थ्य सामाग्री



ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष उमेश कार्कीको पहलमा स्वास्थ्य सेवा विभागले जिल्ला अस्पताल रुम्जाटार र मानेभञ्ज्याङ गाउँपालिकामा अक्सिजन र भिटिएम किट सहितका स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । वडाअध्यक्ष कार्कीको पहल र ओखलढुंगा निवासी स्वास्थ्य सेवा विभागका शाखा अधिकृत दिनेश खत्रीको समन्वयमा जिल्ला अस्पताल र मानेभञ्ज्याङ गाउँपालिकामा स्वास्थ्य सामाग्री उपलब्ध भएको हो ।

मानेभञ्ज्याङ गाउँपालिकाका लागि ५ थान अक्सिजन सहितको सिलिन्डर, पल्सअक्सिमिटर ३ थान, फेस शिल २० थान, गाउन ४० थान, सर्जिकल मास्क ५ सय थान, एननाइन्टी फाईप मास्क ५० थान, एन्टिजेन किट २०० थान र भिटिएम किट ५ सय थान उपलब्ध गराईएको वडाअध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयका लागि अक्सिजन सिलिन्डर ५ थान, भिटिएन किट ५ सय थान, मास्क सर्जिकल ५ हजार, पञ्जा ५०० जोर, गाउन २ सय थान, फेस शिल १०० थान, एननाइन्टी फाईप मास्क २०० थान, पञ्जा हेब्बिडिउटी ५० जोर, चस्मा सेफ्टी ५० थान र अक्सिजन कन्सन्ट्रेटर १ थान हस्तान्तरण गरिएको छ ।

नागरिकको जीवनरक्षाका लागि आफुले विभागसँग समन्वय गरेर स्वास्थ्य सामाग्री जिल्लामा ल्याएको वडाअध्यक्ष एवम् नेकपा एमाले मानेभञ्ज्याङ गाउँ कमिटी अध्यक्ष कार्कीले बताए । ‘जनताको जीवन बचाउन कसरी सकिन्छ भनेर हामी लागिरहेकै छौं । यसैक्रममा विभागसँग समन्वय गरेर सामाग्री जिल्ला ल्याएको हुँ ।’ उनले भने, ‘महामारीमा संक्रमण रोक्न सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।’ आफ्नो वडा वाक्साका नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै गाउँपालिका क्षेत्रका सबै नागरिकका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराईएको उनको भनाई छ ।

पहिलो चरणको कोभिड सुरु हुँदा देखिनै वडाअध्यक्ष कार्की संक्रमण रोकथाममा सकृय भएर लागेका थिए ।

प्रकाशित मिति : २०७८, २२ जेठ शनिबार ००:००  ८ : ३० बजे