२०८२, १ पुस मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद विस्तार गर्ने तयारी, सिन्धुलीका गणेश पहाडी सामान्य प्रशासन मन्त्री बन्दै



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । हाल आफैंले सम्हाल्दै आएका उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रि नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी छ ।


गृह मन्त्रीमा खगराज अधिकारी र सञ्चार मन्त्रीमा पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापाको नाम चर्चा छ ।
यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रूपमा गणेश पहाडी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, वन तथा वातावरण मन्त्री नारदमुनी राना र कृषि मन्त्रीको रूपमा ज्वाला कुमारी साहलाई शपथ खुवाउने तयारी छ ।

प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर मन्त्रिपरिषदमा थपिन लागेका सदस्यहरुबारे जानकारी गराएका थिए ।
नेकपा एमालेको माधव नेपाल पक्षका मानिने गणेश पहाडी पनि मन्त्री बन्ने विषय विशेष बनेको छ । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने तयारी छ ।
अपराह्न चार बजे शपथ ग्रहण गर्न आउनू भनेर खबर आएको पहाडीले बताए ।

प्रकाशित मिति : २०७८, २७ जेठ बिहीबार ००:००  १२ : ५६ बजे