२०८१, ५ जेठ शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाअध्यक्ष न्यौपानेको व्यक्तिगत खर्चमा खिजीदेम्बाका सबै वडामा स्वास्थ्य सामाग्री सहयोग



ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कमलप्रसाद न्यौपानेले व्यक्तिगत खर्चमा गाउँपालिकाका सबै वडामा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडाअध्यक्ष न्यौपानेले सबै वडाका स्वास्थ्य संस्था मार्फत मास्क, पल्स अक्सिमिटर सहितका सामाग्री उपलब्ध गराएका हुन् ।

खिजीदेम्बा गाउँपालिकाका ९ वटै वडाका स्वास्थ्य चौकी, स्वास्थ्य इकाई, पालिका स्तरीय कोभिड अस्पताल, ग्रामिण आँखा सेवा केन्द्र १-१ थान पल्स अक्सिमिटर र प्रत्येक वडामा एक हजारका दरले मास्क, खिजीकातीमा थप एक हजार मास्क र १५ लिटर सेनिटाइजर वडाअध्यक्ष न्यौपानेले व्यक्तिगत खर्चमा खरिद गरेर सहयोग गरेका छन् ।

विश्वभर महामारीको रुप लिएर फैलिएको कोरोना संक्रमणबाट खिजीदेम्बामा कसैले क्षति व्यहोर्न नपरोस् भन्ने उद्देश्यले सबै वडामा सकेको सहयोग गरेको न्यौपानेले बताए । ‘म जिम्मेवारीका हिसाबले वडा नम्बर ४ को मात्रै वडाअध्यक्ष हो । तर मलाई सिंगो खिजीदेम्बाका नागरिकको जीवनरक्षाका लागि योगदान गर्नुपर्छ भन्ने लागेर सकेको सहयोग सबै वडामा गरेँ । यो महामारीका बेला जहाँबाट जस्ले जति सकिन्छ त्यति गाउँठाउँका लागि गर्ने हो ।’ उनले भने, ‘यो महामारीको बेला घरघरमा पुगेर नागरिकमाझ सहयोगका सामान लैजाने अवस्था भएन । त्यसैले स्वास्थ्य संस्था मार्फत आवश्यक परेका नागरिकहरुलाई पुग्नेगरी मास्क र गाउँमै लक्षण देखिएका वा संक्रमणले सिकिस्त भएकाहरुको अक्सिजन लेभल पत्ता लगाएर थप उपचारका लागि पहल गर्न सजिलो होस् भनेर सबैवडामा अक्सिमिटर पु¥याएको छु ।’ खिजीदेम्बाका नागरिकलाई संक्रमणबाट बचाउन आवश्यक सचेतना र सहयोगका थप कार्यक्रमहरु ल्याउन विभिन्न निकायसँग पहल भईरहेको उनले बताए ।

नेकपा एमालेका नेता समेत रहेका वडाअध्यक्ष न्यौपानेले व्यक्तिगत खर्चमा गतवर्ष गाउँका सबै महिला स्वास्थ्य स्वयं सेविका र वडामा कार्यरत स्वास्थ्यकर्मीको कोरोना बीमा गरिदिएका थिए । भने स्थानीय गर्भवती महिलाहरुलाई पोषिलो खानेकुरा वितरण गरेका थिए ।

खिजीदेम्बा गाउँपालिकामा यसवर्ष यसअघि कुनै निकायले स्वास्थ्य सामाग्री वितरण गरेका छैनन् ।

४ नम्बर वडाका अध्यक्ष न्यौपानेले संक्रमण रोकथामका लागि दिएको स्वास्थ्य सामाग्रीले ठुलो सहयोग पुगेको रावादोलु स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सुस्मीता खड्काले बताईन् । ‘महामारीका बेला स्वास्थ्यका क्षेत्रमा सानो सहयोग पनि महत्वपूर्ण हुन्छ उहाँले मास्क र पल्स अक्सिमिटर सहयोग गर्नुभयो । गाउँमा यो किन्न पनि पाइँदैन मगाउँदा ल्याउने कस्ले यस्तो अवस्थामा यि ससामाग्रीहरु प्रयोग गरेर सेवाग्राहीलाई सेवा दिन निकै सजिलो भएको छ ।’ अक्सिमिटर गाउँ गाउँका स्वास्थ्य संस्थामा पुगेपछि अक्सिजनको लेभल नापेर सेवा दिन सहज भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

जनताको दुःख सुखमा न्यौपानेले साथ दिएको भुसिङ्गाका छत्र बस्नेतले बताए । ‘उहाँ ४ नंम्बरको वडा अध्यक्ष हो तर खिजीदेम्बा गाउँपालिका भित्रका सबै नागरिको जीवन रक्षा र पालिकाभित्रको विकासमा पहिल्यै देखि अग्रणी भूमिका खेलिरहनु भएको छ ।’ बस्नेतले भने ।

वडाअध्यक्ष न्यौपानेको सामाजिक कामको धेरैले चर्चा गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०७८, २७ जेठ बिहीबार ००:००  १ : १७ बजे