२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहाको गोलबजारमा ‘एक घर एक पिसिआर’ अभियान सुरु



सिरहाको गोलबजार नगरपालिकाले ‘एक घर एक पिसिआर’ अभियान चलाएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै नगरपालिकाले १३ वटै वडामा ‘एक घर एक पिसिआर’ जाँच अभियान चलाएको हो ।

नगरभित्रक सबै नागरिकको स्वास्थ्य अवस्था जाँच गर्न नसकिए पनि कम्तीमा परिवारको एक जनाको पिसिआर परीक्षण गरेर उक्त परीवारमा संक्रमण भए नभएको यकिन गर्ने यो अभियान चलाएको नगरप्रमुख देवनाथ साहले अनलाईन सरकारकलाई जानकारी दिए । कोरोनाको लक्षण देखिएका, शंका लागेका वा परिवारमा बढी सकृय एक व्यक्तिलाई पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भए उनीहरुको परीवारको समेत परीक्षण गर्ने र उपचारका लागि व्यवस्था गर्ने गरिएको नगरप्रमुख साहको भनाई छ ।

नागरिकले स्वस्फर्त कोरोना जाँच गराउन डराएपछि नगरपालिकाले अभियान नै चलाएको हो ।

कोरोनाका कारण गोलबजार नगरपालिकामा यसवर्ष १७ जनाले ज्यान गुमाइसकेका छन् ।  

प्रकाशित मिति : २०७८, २७ जेठ बिहीबार ००:००  २ : २६ बजे