२०८२, १ पुस मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिमण्डलमा प्रदेश-२ का मन्त्रीको बहुमत



नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तार गरेका छन् ।

एमाले र राजपाका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीसहित आठ जना मन्त्री थपेका छन् ।

मन्त्री बनेकाहरू अधिकांश प्रदेश नम्बर २ का छन्। ओलीले २५ सदस्यीय मन्त्रीमण्डलमा १४ जना प्रदेश नम्बर २ बाट बनाएका छन्। जुन ५६ प्रतिशत हो।

यसअघि गत जेठ २१ गते प्रधानमन्त्री ओलीले राजपाका एक उपप्रधानसहित १० मन्त्रीहरूसमेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।

त्यसबेला जसपाबाट राजेन्द्र महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए भने शरदसिंह भण्डारी ऊर्जा मन्त्री भएका थिए।

अनिलकुमार झा खानेपानी मन्त्री, लक्ष्मणलाल कर्ण भूमि सुधार, एकवाल मियाँ खेलकुद मन्त्री, विमल श्रीवास्तव श्रममन्त्री, उमाशंकर अरगरिया, पर्यटन मन्त्री, चन्दा चौधरी महिला तथा बालबालिका मन्त्री, रेनुका गुरूङ महिला राज्यमन्त्री र चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री बनाएका थिए।

साथै ओलीले जेठ २१ मै एमालेबाट बिष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका थिए। पौडेल अर्थमन्त्री र महासेठ परराष्ट्र मन्त्री पनि छन्। शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बनाएका थिए।

उपप्रधानमन्त्री महासेठ र कानुन मन्त्री रहेका लीलानाथ श्रेष्ठ पनि प्रदेश नम्बर २ कै हुन्।

प्रकाशित मिति : २०७८, २७ जेठ बिहीबार ००:००  ३ : ३४ बजे