२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकै पटक १० हजार जनाको कोरोना जाँच्दै मध्यपुर थिमि



भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले एकै पटक १० हजार जनाको एन्टिजेन्ट परीक्षण गर्ने भएको छ । नगरपालिकाको आयोजना र नेपाल– कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनमा उक्त परीक्षण हुन लागेको हो ।

असार ५ गतेदेखि नगरभित्रका सबै वडामा परीक्षण गरिने नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । त्यसका लागि ११ हजार किटको व्यवस्था भइसकेको उनले बताए । पालिकाले परीक्षण केन्द्रसमेत निर्धारण गरिसकेको छ । ‘परीक्षण गरेका सबैलाई सोही दिन रिपोर्ट दिइनेछ । हाल परीक्षण गरेकाले तत्काल पिसिआर परीक्षण गर्नुपर्ने छैन,’ श्रेष्ठले भने, ‘पोजेटिभ रिपोर्ट आएकालाई होम आइसोलेसन वा आइसोलेसनमा राख्ने व्यवस्था गरिनेछ ।’ मुलुकभर कोरोना संक्रमितको संख्या घटिरहेको अवस्थामा विश्लेषणात्मक तथ्यांक निकाल्न पालिकाले ठूलो परिमाणमा परीक्षण गर्न लागेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७८, ४ असार शुक्रबार ००:००  २ : ०० बजे