२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्यविनायक नगरपालिकाले ल्यायो १ अर्व ५७ करोड ६३ लाखको बजेट



काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागी रु १ अर्व ५७ करोड ६३ लाख वजेट विनियोजन गरेको छ । विहिबार नगरपालिकाको नवौं नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/०७९ को क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयन गर्न बजेट सार्वजनिक गरेकी हुन् ।


कूल विनियोजन मध्ये चालुतर्फ शाखागत कार्यक्रम रु १८ करोड ८६ लाख ७६ हजार, सामाजिक सुरक्षा रु १४ करोड, वडागत चालू कार्यक्रम रु २ करोड १५ लाख रुपैँया रहेको छ ।
नगरपालिकाले चालू १६ करोड २० लाख ८२ हजार गरी कूल ५१ करोड २२ लाख ५८ हजार विनियोजन गरेको छ । पूँजीगत कार्यक्रमतर्फ रु ७३ करोड ९८ लाख ४७ हजार र सशर्त कार्यक्रमतर्फ रु ३२ करोड ४१ लाख ९५ हजार विनियोजन गरेको उपप्रमुख बस्नेतले जानकारी दिइन् ।

नवौँ नगरसभामा नगरप्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचनको घोषणा पत्रमा उल्लेख भएका सबै प्रतिबद्धतालाई आगामी एक वर्षमा पुरा गरिने बताए । नगरले कोभिड-१९ लाई मध्यनजर गर्दैै विगतका वर्षमा भन्दा यस वर्ष स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिईएको हो ।
कोभिड नियन्त्रण तथा रोकथामका लागि वडास्तर देखि नै लक्षित कार्यक्रम संचालन गरिने छ । त्यसैगरी कोभिड विरामीका लागि नियमित स्वास्थ्य जाँच, परीक्षण र औषधी उपचारको प्रवन्ध गरिने छ । जसका लागि कोभिड महामारी विरुद्धको अभियान डटेर सामना गर्न सूर्यविनायक नगरपालिकाको सामुहिक आह्वान अभियान संचालन गरेको छ ।

प्रकाशित मिति : २०७८, १२ असार शनिबार ००:००  ३ : ११ बजे