२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोन २६ अन्तर्गतका क्लबहरुले खुवाए अनाथ बालबालिकालाई खाना



विगत २५ बर्षदेखि काठमाडौंको गुहृेश्वरीमा सञ्चालन हुँदै आएको प्रणवानन्द आश्रममा आश्रय लिएर बसेका करिव ५० जना अनाथ बालबालिकाहरूलाई जोन २६ अन्तर्गतका क्लबहरुले खाना खुवाउने कार्यक्रम सम्पन्न गरेका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए २ अन्तर्गत जोन २६ का जोन चेयरपर्सन लायन तेजप्रसाद धमलाको संयोजकत्वमा असार १७ गते उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका संयोजक धमलाले डिष्ट्रिकले जिम्मेवारी तोकेवमोजिम विभिन्न तह र तप्काबाट सामाजिक सेवाका कार्यहरु अगाडी बढाउदै गएमात्र हाम्रो जिम्मेवारी पूरा हुने र क्लबदेखि डिष्ट्रिकसम्मको छविसमेत उज्वल हुनुका साथै डिष्ट्रिक ३२५ ए २ नै सफल हुने बताए ।

प्रत्येक वर्षको जुलाई १ तारिखबाट क्लबहरुमा नयाँ कार्यसमिति चयन हुने परम्परा अनुसार लायन वर्ष सन् २०२१÷२०२२ का लागि चयन भएका पदाधकारीहरुले संयुक्त रुपमा आफ्नो कार्यकालको सुरुवाती दिनमा नै आश्रममा आश्रय लिएर बसेका अनाथ बालबालिकाहरूलाई खाना खुवाउने कार्यक्रमबाट मानव सेवाको औपचारिक रुपमा सुरुवात गरेका छन् । ‘मानवताको लागि केही कार्य गरौं’ भन्ने क्लबहरुको अवधारणा अनुसार उक्त कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ ओखलढुंगाका कोषाध्यक्ष देवीप्रसाद दाहालले जानकारी दिए ।

कार्यक्रममा संवोधन गर्दै डिस्ट्रिक ३२५ ए २ का डिस्ट्रिक गभर्नर केशव पाण्डेले क्लबहरुले जति धेरै सदस्यहरु बढाउन सक्यो त्यति नै सेवाका कामहरु गर्न सहज हुनेमा जोड दिए ।  कार्यक्रममा डिस्ट्रिक ३२५ ए २ का क्याविनेट सेक्रेटरी शिवकुमार कटुवाल, क्याविनेट ट्रेजरर शेरबहादुर परियार, डिस्ट्रिक एम्वेस्डर हरिप्रसाद दाहाल, एरिया को–अर्डिनेटर लेखनाथ दाहाल, रिजन चेयर पर्सन रति श्रेष्ठ लगायतले आ–आफ्नो धारणा व्यक्त गर्दै क्लबहरुले गरेका असल कार्यका लागि वधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ ओखलढुंगाका प्रेसिडेन्ट जीवनाथ खतिवडा, लायन्स क्लब अफ ओखलढुंगा लिखुका प्रेसिडेन्ट उद्धवप्रसाद ढुंगेल, लायन्स क्लब अफ खोटाङ हलेसीका प्रेसिडेन्ट शिवप्रसाद अधिकारी, लायन्स क्लब अफ ओखलढुंगा श्रीयन्त्रका प्रेसिडेन्ट अरुण पौडेल लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा क्लबहरु र मनकारी दाताहरुबाट संकलन भएको रु. १९ हजार ५ सय रुपैयाँ आश्रमका प्रिन्सिपल राजाराम यादवलाई हस्तान्तरण गरिएको थियो ।  

प्रणवानन्द आश्रममा गरिबिको रेखामुनी पिल्सिएका २ सय ५० जना विद्यार्थीहरू निः शुल्क रुपमा अग्रेजी माध्यममा पढ्छन् । त्यस मध्येका पनि ५० बालबालिका परिवार विहिन छन् । उनीहरूलाई आश्रमले होस्टलमै राखेर दैनिक भिक्षा मागेको भरमा शिक्षा, स्वास्थ्य, गाँस, वास र कपास सहितको सेवाहरू उपलब्ध गराउँदै आएको जानकारी आश्रमका अध्यक्ष श्री रुद्रानन्द जी महाराजले गराएका थिए । प्रणवान्द आश्रमका प्रधानाध्यापक राजाराम यादवले कोही पनि भोको तथा अशिक्षित रहन नपरोस् भन्ने आश्रमको अभियानमा साथ दिएकोमा क्लबहरुलाई धन्यवाद दिए ।

उक्त आश्रममा आश्रित बालबालिकाहरूलाई दयालु महानुभावहरूले आपूm या आफ्नो बालबच्चाहरूको जन्मदिन, वैवाहिक वर्षगाँठ, पित्रीको नाममा, औंशी, मासिक, वनभोज, लुगाफाटा, शैक्षिक सामग्री तथा अन्य सहयोगहरू गर्न सकिने आश्रमका प्रधानध्यापक यादवले जानकारी दिए ।

प्रकाशित मिति : २०७८, १९ असार शनिबार ००:००  ७ : ३३ बजे