२०८२, १ पुस मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेमा ओली र नेपाल पक्षको संयुक्त वक्तव्य निकाल्ने गृहकार्य



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर संयुक्त वक्तव्य दिन प्रस्ताव गरेका छन् ।

ओली पक्षमा रहेका उपमहासचिव विष्णु पौडेलका साथै नेताद्वय सुवास नेम्वाङ र शंकर पोखरेल आइतबार विहान नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । माधव नेपाल पक्षमा रहेका उपमहासचिव घनश्याम भुसाल पनि पुगेका थिए ।

भेटमा ओली पक्षका नेताहरुले ‘पार्टी एक छ’ भन्ने संयुक्त वक्तव्य दिन प्रस्ताव गरेका छन् । नेता नेपाल त्यसमा तयार देखिएका छन् । दुबै पक्षका नेताहरुको कार्यदललाई वक्तव्यको मस्यौदा बनाएर ल्याउन उनले आग्रह समेत गरेका छन् ।

तर ओली पक्षका नेताहरुले भने कार्यदल त निश्क्रिय रहेको जवाफ दिएको स्रोतले बताएको छ । उनीहरुले कार्यदल ब्यूँताउन पनि दुई नेता भेट्नुपर्ने बताए ।

उपमहासचिव भुसाल पनि कार्यदल ब्यूँताउने प्रयोजनका लागि भेट्न नेता नेपाललाई आग्रह गरेका थिए । तर ओली पक्षका नेताहरुले कार्यदल ब्यूँताउने विषयमा अध्यक्ष ओलीसँग परामर्श गर्नुपर्ने बताएपछि थप कुराकानी हुन सकेन ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले पुनर्स्थापित भएयता अध्यक्ष ओली र नेपाल पक्षबीच विवाद चल्दै आएको छ । आफ्नो पक्षका नेताहरु मात्र सहभागी बैठक राखेर एकपछि अर्को निर्णय गरेका अध्यक्ष ओली २ जेठ २०७५ मा फर्किन सहमत भएपछि २ जेठ २०७८ मा कार्यदल गठन भएको थियो ।

प्रकाशित मिति : २०७८, २० असार आइतबार ००:००  २ : ५६ बजे