२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनसुन सक्रिय, देशभर वर्षाको सम्भावना



काठमाडौं । नेपालमा अहिले मनसुनको प्रभाव रहेको छ । दुई दिनदेखि कमजोर बनेको मनसुन बुधबारदेखि पुनः सक्रिय रहने र त्यसले देशभर मध्यमदेखि भारी वर्षा गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाकी मौसमविद् मन्जु वासीका अनुसार भोलिदेखि वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गर्दैछ र यसले पूर्वदेखि पश्चिमसम्म वर्षा गराउन सक्नेछ ।

‘आज काठमाडौं उपत्यकामा घाम लागेको छ । बाँकी प्रदेशमा आंशिकदेखि पूर्णए बदली छ,’ वासीले नेपाल प्रेससँग भनिन्, ‘भोलिदेखि मनसुन पुनः सक्रिय रहनेछ । प्रदेश नम्बर १, २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुनेछ । केहि स्थानमा भारी र एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।’

न्यूनचापीय रेखा पूर्वबाट पश्चिमतर्फ सर्दै जाने भएकाले विहीबारदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना रहेको उनले बताइन् ।

प्रकाशित मिति : २०७८, २२ असार मंगलबार ००:००  ९ : ०९ बजे