२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘उज्यालो पालिका’ बन्दै केपिलासगढी, विधुतको पहुंच नहुनेलाई सोलार वितरण



खोटाङको केपिलासगढी गाउँपालिकाले अति विपन्न र विधुतको पहुंचबाट टाढा रहेका घर परिवारलाई सोलार सेट वितरण गरेको छ। ‘उज्यालो गाउँपालिका’ बनाउने नीति तथा कार्यक्रम अन्तर्गत मंगलबार गाउँपालिकामा एक कार्यक्रम गरी सोलार वितरण गरेको हो।

बैकल्पिक उर्जाको अनुदान र गाउँपालिकाको ३ लाख वजेटबाट आएको सोलार सेट ४४ घर परिवारलाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताए। वितरण गरिएका सोलार सेट ५० वाटको हो।

गाउँपालिका उपाध्यक्ष हिरा कुमारी वन गिरी र प्रमुख प्रशासकीय अधिकृत राईले लक्षित घर परिवारका प्रतिनिधिलाई सोलार सेट हस्तान्तरण गरेका हुन्।

उज्यालो गाउँपालिका अन्तर्गत अति विपन्न र विधुतको पहुंचबाट टाढा रहेकालाई तत्काल सोलार वितरण गरिएको र आर्थिक अवस्था कमजोर भई विजुली जडान गर्न नसकेका घर परिवारलाई आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाले विजुली वत्ती जडान गरिदिने प्रमुख प्रशासकीय अधिकृत राईले बताए।

प्रकाशित मिति : २०७८, २३ असार बुधबार ००:००  १ : ५६ बजे