२०८१, १४ जेठ सोमबार | Mon May 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबार थप ४ सय २१ मा कोरोना संक्रमण पुष्टि, १९४ डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणलाई जितेर १९४ जना डिस्चार्ज भएका छन् । ८ महिला र १८६ जना पुरुष गरी १९४ जना डिस्चार्ज भएका हुन् ।

योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १ हजार ७७२ पुगेको छ ।

प्रकाशित मिति : २०७७, ७ असार आइतबार ००:००  ११ : ०५ बजे