२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबारदेखि कारोबारमा आउदै मनकामना लघुवित्तको शेयर, कति होला ओपनिङ्ग रेञ्ज ?



काठमाडौ । मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणमा जारी गरेको समेत गरी १२ लाख ११ हजार ५०० कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। नेप्सेले सोमबारदेखि कारोबार गर्न मिल्ने गरी कम्पनीको शेयर सूचीकृत गरेको हो ।

कम्पनीको शेयर दोस्रो बजारमा कारोबारको लागि एमकेएलबि (MKLB) कारोबार संकेत पाएको छ भने पहिलो कारोबारको लागि ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसाको रेञ्ज पाएको छ ।

सोमबार यहि रेञ्जमा आधारित रहेको कम्पनीको पहिलो शेयर कारोबार खुल्नेछ।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण गरिएको थियो।

प्रकाशित मिति : २०७८, १७ श्रावण आइतबार ००:००  ३ : ४७ बजे