अर्घाखाँची । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।
पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको सुचनाका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।











