२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा सभा सम्मेलन र जुलुस गर्न नपाईने



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भिडभाडजन्य क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥यालीजस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर अझैं बढ्ने बताएको छ ।

यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रजिअ पराजुलीले बताए ।

‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरो सूचित गरिन्छ’ प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २०७८, १९ श्रावण मंगलबार ००:००  २ : ५५ बजे