२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संखुवासभामा भेटियो चोरीका ६ मोटरसाइकल



संखुवासभा । इलाका प्रहरी कार्यालय, चैनपुरले चोरीका ६ वटा मोटरसाइकल फेला पारेको छ ।

केही महीनायता नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएकेा गुनासो आएपछि थालिएको अनुसन्धानका क्रममा ६ मोटरसाइकल फेला पारिएको हो ।

चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार ट्राफिक प्रहरीसमेतको सहयोगमा गरिउको अनुसन्धानकाक्रममा मोटरसाइकल चोरीमा संलग्न चैनपुरका २१ वर्षीय सन्देश शेर्पा पनि पक्राउ परेका छन् ।

‘विशेष चेकजाँचका क्रममा सुमन कार्कीले चलाएको बा ९६ पि ३६०२ नम्बरको मोटरसाइकल रोकर जाँच गर्दा च्याचिस नम्बर र इञ्जिन नम्बर मिलेन,’ उनले भने, ‘त्यसपछि कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धानका गर्ने क्रममा उक्त मोटरसाइकल शेर्पाले बेचेको पाइएको थियो ।’

उनीबाट अन्य मोटरसाइकलबारे पनि सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७८, २१ श्रावण बिहीबार ००:००  १० : ५२ बजे