२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पासबिनै उपत्यका प्रवेश गर्न खोज्ने गाडी नागढुंगाबाट नियन्त्रणमा




काठमाडौं । लकडाउनको नयाँ मोडालिटी जोर बिजोर प्रणालीमा पनि विना पास उपत्यका प्रवेश गर्न खोज्ने ४ वटा सार्वजनिक भाडाका बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना पास बढी भाडा लिई नेपालगञ्ज र झापाबाट काठमाडौं आएको सार्वजनिक भाडाका बसलाई ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त चेकिङ्ग टोलीले चालकसहित नागढुङ्गाबाट नियन्त्रणमा लिएको हो ।

महानगरीय ट्राफिक महाशाखामा प्रमुख भीमप्रसाद ढकालका अनुसार, पक्राउ पर्नेमा नेपालगञ्जबाट आएको बा ४ ख ७३६३, ना ७ ख ५३९५ नम्बरको बस, बा ४ ख ४५८० नम्बरको हाईस र त्यस्तै झापाबाट आएको ना ५ ख ५८३४ नम्बरको बसका साथै चालक क्रमशः विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्र बहादुर घर्ती रहेका छन् ।

मौकाको फाईदा उठाई सार्वजनिक बसहरूमा विना पास बढी भाडा लिई काठमाडौँ उपत्यका भित्रिदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा उक्त बसलाई नियन्त्रणमा लिइएको ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ७ असार आइतबार ००:००  १२ : १५ बजे