२०८२, ७ श्रावण मंगलबार | Wed Jul 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काबुल एयरपोर्ट बाहिर सात अफगानी नागरिकको मृत्यु



काठमाडौं । अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर जम्मा भएको भीडमा सात अफगानी नागरिकको मृत्यु भएको छ । बेलायतको रक्षामन्त्रालयका अनुसार भीडभाडमा परी उनीहरुको मृत्यु भएको हो । तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै त्यहाँका मानिसहरु अहिले मुलुक छाड्ने प्रयास गरिरहेका छन् ।

बेलायती रक्षा मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानको वास्तविक अवस्था निकै चुनौतीपूर्ण बनेको छ तर यसलाई सकेसम्म सुरक्षा दिने प्रयास भइरहेको छ ।’

हजारौं अफगानी नागरिक जम्मा भएसँगै काबुल एयरपोर्टको अवस्था अस्तव्यस्त बनेको छ । अन्य मुलुक पनि आफ्ना नागरिकलाई अफगानिस्तानबाट उद्धार गर्ने प्रयासमा छन् । विदेशी नागरिकको उद्धारको लागि एयरपोर्टमा ४५ सय अमेरिकी र ९ सय बेलायती सैनिक परिचालन गरिएको छ । यद्यपि एयरपोर्ट जाने बाटोमा तालिबानका लडाकुले यात्राको अनुमति नभएका अफगानी नागरिकलाई रोकिरहेका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : २०७८, ६ भाद्र आइतबार ००:००  ३ : २४ बजे