२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा पहिलो पटक भेटिए कोरोना संक्रमित



ओखलढुंगा । ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । जिल्लाको लिखु गाउँपालिकाका २८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबारसाँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । संक्रमित व्यक्ति लिखु गाउँपालिकाको क्वारेन्टाइनमा छन् ।

जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार उनलाई छुट्टै कोठामा राखिएको छ । भारतको गोरखपुरबाट आएका ती युवालाई सीधै क्वारेन्टाइनमा राखिएको थियो ।

यसअघि ओखलढुंगा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन ।

प्रकाशित मिति : २०७७, ७ असार आइतबार ००:००  ३ : २४ बजे