२०८३, २० बैशाख आइतबार | Mon May 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भदौ २३ देखि संसद अधिवेशन सुरु हुने



सरकारले भदौ २३ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउने निर्णय भएको उनले बताए।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रचलन छ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन ३२ गते संसदको दुबै अधिवेशन अन्त्य गरेकी थिइन्।

प्रकाशित मिति : २०७८, १९ भदौ शनिबार ००:००  ४ : २९ बजे