२०८१, ४ जेठ शुक्रबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टाढाका नागरिकलाई सहज सेवादिन कटारी नगरपालिकाको सम्पर्क कार्यालय बेतेनीमा



उदयपुर । उदयपुरको कटारी नगरपालिकाले पहाडी वडाका वडाबासीलाई ध्यानमा राखेर वडा नम्बर ११ बेतेनीमा नगर कार्यपालिकाको सम्पर्क कार्यालय स्थापना गरेको छ ।

नगरको पहाडी भेगका ५ वटा वडालाई पायक पर्ने गरी सम्पर्क कार्यालय स्थापना गरिएको नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । बेतेनीको नगरपालिकाले जिम्मा लिएर निर्माण गरेको पर्यटन भवनमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

नगरका ९, १०, ११, १३ र १४ नम्बर वडा गरी ५ वटा पहाडी वडाका नागरिकले अब बेतेनीबाटै योजनाको प्राविधिक स्टिमेट र योजनाको सम्झौता गर्न सक्नेछन् ।
कार्यालयमा इन्जिनियर विनोद खत्रीको नेतृत्वमा सब–इन्जिनियरले सेवाग्राहीलाई सेवा दिनेछन् । पहाडका ती वडाले सेवा पाउन असहज भएकाले छुट्टै गाउँपालिका मागेका थिए ।

हाललाई स्थानीयको समस्या समाधान होस् भनेर त्यहाँका सेवाग्राहीलाई योजनाको कामका लागि कार्यालय स्थापना गरिएको मेयर श्रेष्ठले जानकारी दिए । पहाडी वडाका कामलाई सहजीकरण गर्दै सहज सेवा प्रवाह प्रदान गर्न कार्यालय स्थापना गरिएको नगरपालिकाका सूचना अधिकारी ओम मिश्रले बताए ।

यसअघि पहाडी भेगका वासिन्दा कटारी बजारस्थित नगरपालिका कार्यालयसम्म सेवा लिन आउनुपर्ने बाध्यता थियो । कार्यालय स्थापनापछि सहज हुनेछ ।भौगोलिक हिसाबले विकट वडाका स्थानीयलाई कटारी बजारसम्म आउन समस्या भएकाले बेतेनीबाटै सेवा दिन कार्यालय स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा कटारी नगरप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्ट, लेखा अधिकृत दिलीप श्रेष्ठ, सब–इन्जिनियर तथा सूचना अधिकृत ओम मिश्र, वडा प्रतिनिधिलगायत उपस्थित थिए । कार्यालयबाट ५ जना कर्मचारीले सेवा दिनेछन् ।

प्रकाशित मिति : २०७८, १९ भाद्र शनिबार ००:००  ४ : ४० बजे