२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको सरकार नआई मेलम्चीको पानी काठमाडौं आउँदैन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने दावी गरेका छन् । शनिबार एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेबाहेक अरुले मेलम्चीको पानी ल्याउन नसक्ने बताए ।

मेलम्चीमा बाढीले क्षति गरिसकेपछि पनि आफू नेतृत्वको सरकारले आउँदो वैशाखसम्म पानी ल्याउने तयारी गरेको भन्दै ओलीले यो सरकारले वैशाखमा पानी ल्याउन नसक्ने जिकिर गरे ।

उनले भने ‘चुनावपछि एमाले जितेर आउँछ र मेलम्ची ल्याउँछ । एमाले चाहिन्छ मेलम्ची ल्याउन अरुले ल्याउन सक्ने छैन ।’

आफू नेतृत्वको सरकारले मेलम्ची जाने सडक मर्मतमा बजेट विनियोजन गरेको तर अहिलेको सरकारले काटेको ओलीले दावी गरे ।

प्रकाशित मिति : २०७८, १९ भाद्र शनिबार ००:००  ४ : ४८ बजे