२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँमा यस वर्षकै सर्वाधिक वर्षा, धेरै ठाउँ डुबानमा



काठमाडौँ । काठमाडौँमा यस वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार काठमाण्डौमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद्ले जानकारी दिएका छन् । भारी वर्षका कारण काठमाडौँको विष्णुमतीमा बाढी आएको छ ।

लगातारको वर्षका कारण काठमाडौँको केश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको थियो । हालसम्म १ सय ३८ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २१ भाद्र सोमबार ००:००  १० : ५९ बजे