अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् ।
पहिलाे सन्तानका रूपमा गएराति उनले छोरालाई जन्म दिएकी हुन् । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
छोरा जन्म दिएकी ऋचालाई कमेडी च्याम्पियन परिवारले सामाजिक सञ्जालमार्फत बधाई दिएको छ ।
ऋचाले केही समयअघि मात्रै कमेडी च्याम्पियनको निर्णायकबाट सुत्केरी बिदा लिएकी थिइन् ।