२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तजनका लागि खुल्यो पशुपतिनाथ मन्दिर



काठमाडौं । पशुपतिनाथ मन्दिर शुक्रबारबाट भक्तजनहरुका लागि खुला गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण चार महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर बिहान ६ बजेबाट भक्तजनहरुका लागि खुला गरिएको हो ।

पशुपतिनाथको मुख्य मन्दिर खुलेपछि पाशुपत क्षेत्रमा रहेका गुह्वेश्वरीलगायतका मन्दिरहरु पनि खुला भएका छन् । मन्दिरमा दर्शन गर्न जानेहरुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने र एकपटकमा २५ जना भक्तालुहरुलाई मात्रै मन्दिर प्रवेश गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख १० गतेबाट भक्तजनहरुका लागि बन्द गरिएको मन्दिरमा पुजारीहरुले दैनिक नित्य पूजा मात्रै गर्दै आएका थिए । कोरोना महामारीको जोखिमका कारण लामो समय बन्द गरिएको पशुपतिनाथको मन्दिरमा बिहीबार क्षमापूजा गरिएको थियो ।

प्रकाशित मिति : २०७८, २५ भाद्र शुक्रबार ००:००  २ : ४८ बजे