२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा सुमो दुर्घटना १ जनाको मृत्यु, चालकसहित ९ जना गम्भिर घाईते



ओखलढुंगामा सुमो दुर्घटनाहुँदा १ जनाको मृत्यु भएको छ । आईतबार दिउँसो मानेभञ्ज्याङ गाउँपालिका ६ मितेरीभन्ज्याङमा टाटा सुमो दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

मानेभज्याङ गाउँपालिकाकै मोलीबाट काठमाण्डौका लागी छुटेको बा ११ च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु भएको र अन्य ९ जना घाईते भएको जिल्ला प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले बताउनुभयो । दुर्घटनाका घाईतेहरुलाई उद्दर गरेर उपचारका लागि उदयपुरको घुर्मी स्थित आस्थालाईफ केयरमा पठाईएको र त्यहाँ उपचार सम्भव नभए काठमाडौं पठाईने उहाँको भनाई छ ।

दुर्घटनाका घाईतेको उद्दार र घटना अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख काफ्ले सहितको प्रहरी टोली   घटनास्थलमा पुगेको छ ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय ओलखढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २७ भाद्र आइतबार ००:००  १ : २२ बजे