२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोती मुद्दामा वादी र जाहेरीवाला वकिलको बहस सकियो



काठमाडौं । सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । शुक्रबारदेखि शुरु भएको बहस आज पनि जारी रहेको हो । थुनछेक बहस शुरु भएको तीन दिनमा वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको छ ।

सोमबार बाँकी रहेका जाहेरीवालातर्फका सात वकिलको बहस सकिएसंँगै वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको रुकुम जिल्ला अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए । उनका अनुसार वादी र जाहेरीवालातर्फबाट २३ वकिलले बहस गरेका छन् । प्रतिवादीतर्फका वकिलको बहस भोलि नै सकिन सक्ने अदालतले जनाएको छ । मंगलबार थुनछेक बहस सकिएमा बुधबार थुनछेक आदेश आउन सक्ने आकलन गरिएको छ ।

गत जेठ १० गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोटका पाँच र रुकुमपश्चिमका एकको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले ३४ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा मुद्दा दर्ता गराएको छ ।

प्रकाशित मिति : २०७७, ८ असार सोमबार ००:००  १ : ४० बजे