२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज देशभर भारी वर्षाको सम्भावना



काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रहि सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी र सुदूरपश्चिमको एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

वर्षाका कारण स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको जानकारी दिएको छ ।

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन । चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरेको छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक र दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : २०७८, ४ आश्विन सोमबार ००:००  ८ : ०९ बजे