२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राउन सुगरसहित झापाबाट एकजना पक्राउ



झापा । प्रहरीले ९ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचिनगर नगरपालिका-४ का १८ वर्षीय दिलबहादुर मगर रहेका छन् ।

विश्ष सूचनाका आधारमा आइतबार साँझ ६:१० बजे प्रहरी चौकी बाहुनडाँगी र बि.ओ.पी बाहुनडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ९ ग्राम (प्लस्टिक बाहेक) फेला पारी बरामद गरेको छ ।

साथै पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको र झापा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ थप कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

प्रकाशित मिति : २०७८, ४ आश्विन सोमबार ००:००  १२ : ०१ बजे