२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरानमा तिहारपछि मात्रै विद्यालय खुल्ने



धरान। धरान उपमहानगरपालिकाले तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय खोल्ने निर्णय गरेको छ ।

स्थानीय तहमा कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको र बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार नभएकोले वैकल्पिक सिकाइलाई नै जोड दिने र तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए ।

उनले भने, ‘संक्रमणको जोखिम अझै कम भइसकेको छैन । जोखिमका कारण अभिभावकहरु पनि आफ्ना बालबालिकालाई विद्यालय पठाउन तयार छैनन् । बीचमा संक्रमण कम भएको अवस्थामा दशैंपछिको बैठकले पुर्नविचार गर्न सक्नेछ ।’

कटुवालका अनुसार उपमहानगरपालिकामा सामुदायीक विद्यालय ४५, विशेष विद्यालय ४, धार्मिक ६ र संस्थागत ९६ वटा विद्यालय सञ्चालित रहेका छन् ।

प्रकाशित मिति : २०७८, ४ आश्विन सोमबार ००:००  २ : ५७ बजे