२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनगणनाको तथ्यांक बटुल्न ओखलढुंगाका घरघरमा गणक



राष्ट्रिय जनगणनाको तथ्याङ्क संकलन गर्न ओखलढुंगामा सुररिवेक्षकहरु घरघरमा पुगेकाछन् । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा सहित १२ औँ राष्ट्रिय जनगणना कार्यक्रममा खटिएका गणकहरु तथ्याङ्क लिन घरघरमा पुगेका हुन् ।

कोरोनाका कारण स्थगित भएर पुनः सुचारु भएको राष्ट्रिय जनगणना कार्यक्रम अहिले देशैभर चलिरहेको छ । कोभिड संक्रमणको जोखिम अझै कायम रहेकाले स्वास्थ्यका मापदण्ड अपनाएर घरघरमा पुगेर तथ्यांक संकलन गर्ने काम भइरहेको जिल्ला जनगणना अधिकृत सुर्यमान बिष्टले बताए । ‘संक्रमण केहि घटे पनि जोखिम कायम रहेकाले अहिले घरघरमा पुग्ने सुरपरिवेक्षकलाई स्वास्थ्य सुरक्षा सामाग्री दिएका छांै ।’ उनले भने, ‘भदौ ३० गतेदेखि असोज १८ गतेसम्म प्रत्येक वडाका घरघरमा पुगेर सुपरिवेक्षकले सुचिकरणको काम गर्नेछन् ।’ यसरी खटिने सुपरिवेक्षकलाई संक्रमणबाट जोगिन मास्क, फेससिल्ड र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

जिल्लाका ८ वटा पालिकामा ५२ जना तालिम प्राप्त सुपरिवेक्षक खटिएका छन् ।

सुपरिवेक्षकले घरघरमा पुगेर घर नम्बर तोक्ने, घरमुलिको नाम संकलन गर्ने, पेसा वा व्यवसायको अवस्थाबारे जानकारी लिने, बैंक खाता भए नभएको एकिन गर्ने लगायत मुल तथ्यांक लिने काम गरिरहेका छन् ।

प्रकाशित मिति : २०७८, ४ आश्विन सोमबार ००:००  ३ : १८ बजे