२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारमा एकैदिन ११४ अंकको पहिरो



सेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ । आज एकैदिन ११४ अंकको गिरावटसँगै २६९८ अंकमा आएर थामिएपछि सेयर बजार २६ सय अंकतर्फ लागेको हो । यसक्रममा आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा उच्च अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन बीमा समूहमा सबैभन्दा बढी ८०० अंकको गिरावट आएको छ । यसपछि, निर्जीवन बीमा समूहमा ६१४ अंक र विकास बैंक समूहमा ३३२ अंकको गिरावट आएको छ । यस्तै, जलविद्युतमा २२०, होटल एण्ड टुरिजममा १५८ अंक र वित्त समूहमा २२९ अंकको गिरावट आएको छ ।

समग्र बजार एकसय अंकभन्दा बढीले घटे पनि आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरधनीहरूले सबैभन्दा बढी कमाएका छन् । आज मनकामनाका सेयरधनीले प्रतिकित्ता ८९ रुपैयाँ कमाएका हुन् । यसबाहेक, आज सातवटा कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । यस्तै, अन्य २५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रकाशित मिति : २०७८, ४ आश्विन सोमबार ००:००  ४ : २७ बजे