२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 जातीय विभेदविरुद्ध दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक



काठमाडौँ । पोष्टमार्टम रिर्पोट गलत निकालेर नवराज बिकसहितका ६ जना युवाको नरसंहार मुद्दा कमजोर बनाउन खोजेपछि देशभर दोस्रो चरणको आन्दोलन हुने भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले सोमबार रिर्पोट्स क्लबमा पत्रकार सम्मेलन गरेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । रुकुम सोतीमा जातीय नरसंहारका रुपमा नवराज बिकसहित ६ जनाको हत्या, धनुषाका शम्भु सदा र रूपन्देहीकी अंगीरा पासीको हत्याको विरोधमा भोलिदेखि असार १५ गतेसम्म देशभर आन्दोलन हुने भएको हो ।

आन्दोलनका कार्यक्रमअनुसार भोलिदेखि १२ गतेसम्म विभिन्न राजनीतिक दलका नेताहरूलाई ज्ञापनपत्र बुझाउने, माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने, सडक बहस गर्ने, मसाल जुलुश गर्ने, वृहत प्रदर्शन गर्ने र त्यतिले पनि न्याय नमिले थप आन्दोलन गर्ने दलित नेताहरूले बताएका छन् ।

आन्दोलनमा नेपाली काङ्ग्रेसको दलित भातृ संगठन देखि अरु १४ वटा सङ्गठन सक्रिय छन् । तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठन भने अलग छ । पत्रकार सम्मेलनमा बोल्दै आन्दोलन कार्यक्रमका संयोजक तथा नेपाली काङ्ग्रेसका नेता जीवन परियारले राज्यले दलितमाथिको विभेद र अन्याय नरोके थप सशक्त आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

साथै उनले आन्दोलन कार्यक्रम साथ, सहयोग र सहभागि हुन आह्वान पनि गरेका छन् । यसअघि पहिलो चरणमा समितिले माइतीघरदेखि देशभर आन्दोलन चर्काउने, गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउने देखि न्यायका लागि सबैसँग हातेमालो गरेर विरोध प्रदर्शन गरेको थियो ।

पत्रकार सम्मेलनमा युवा नेता प्रकाशचन्द्र परियार, काङ्ग्रेस नेतृ लक्ष्मी परियार, दुर्गा शोब लगायतका नेता तथा अधिकारकर्मी सहभागि थिए ।

प्रकाशित मिति : २०७७, ८ असार सोमबार ००:००  ३ : ०९ बजे