२०८२, ७ चैत्र शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलायतको नागरिक भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गर्ने ब्यक्ति पक्राउ



काठमाडौं । आफूलाई बेलायतको नागरिक हुँ भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका(१० चुनिखेल बस्ने भोजपुर साल्पासिलिछो गाउपालिका(४ लिम्खिया घर भएका ३१ वर्षीय केदार राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।


केडि गोरखाली नामको फेसबुक आईडीबाट आफ्नै महिला साथीलाई आफू बेलायतको लाहुरे हुँ, बेलायत लैजान्छु, मेरो श्रीमती इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको हो, छोराछोरी लण्डलमा होस्टल राखेको छु, नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेजन्जर मार्फत कुराकानी हुँदै गएकोमा गत भदौ १६ गते ग्राण्डी अस्पतालमा कलेजोको उपचाररत आमालाई केहि रकम आवश्यक परेको विश्वासमा पारी पटक पटक गरी १ लाख ६० हजार ५ सय रुपैयाँ, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री समेतको धनमाल ठगी गरेको भन्ने पीडितको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


उनलाई ठगी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाईएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १३ आश्विन बुधबार ००:००  १ : ३६ बजे