२०८३, २७ बैशाख आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीमा चट्याङ लागेर ९ जना घाइते



गुल्मी। बुधवार राति गुल्मी जिल्लामा चट्याङ लागेर ९ जना घाइते भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-३ को तोरीपाटा भन्ने स्थानमा चट्याङले लागेर एकैटोलका ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चट्याङले लागेर घाइते ९ जनामध्ये १ जनाको पाल्पामा र २ जनाको गुल्मी अस्पतालमा र ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चट्याङले लागेर घाइते १९ वर्षकी रिता नेपालीलाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । २२ वर्षकी गिता नेपाली, ५० वर्षका झके नेपालीको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य घाइते २४ वर्षकी बालिक नेपाली, २८ की लक्ष्मी नेपाली, १९ की लक्ष्मी नेपाली, २२ वर्षकी सिता नेपाली, ३२ वर्षकी पार्वती नेपाली, २९ वर्षकी जल्पा नेपालीको स्थानीय स्वस्थ्य संस्थामा उपचार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८, १४ आश्विन बिहिबार ००:००  १२ : ०६ बजे