२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनेरास्ववियूको प्रथम स्थायी कमिटी बैठक सम्पन्न,एमालेको विद्यान महाधिवेशनलाई भोजखाने सम्मेलनको संज्ञा



अनेरास्ववियूको प्रथम स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । काठमाडौंको अर्पन पार्टी प्यालेसमा बसेको बैठक सम्पन्न भएको हो । बैठकका प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा कर्णालि प्रदेशका माननिय प्रकाश ज्वालाले गर्नुभएको थियो । बैठकलाइ सम्बोधन गर्दै उहाँले केपी ओलिको गलत रबैया,प्रतिगमनका मतियार,तानाशाहा प्रवृतिको विरुद्ध आफुहरुले विद्धरोह गरेको बताउनुभयो । साथै देशभरि आफ्ना नेता कार्यकर्ता उत्साहको आफ्नो पार्टिमा लागेको दाबी समेत गर्नुभयो । बैठकमा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलिले एमालेको भैरहेको विधान सम्मेलनलाइ कमल थापा र उनका भाइहरुको भोज खाने र खुवाउने समारोह मात्र हो साथै नवमन्डले प्रवृत्ति भएको भन्दै आक्रोश ब्यक्त गर्नुभयो । बैठकमा एकिकृत समाजवादीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले भर्चुल माध्यम बाट शुभकामना दिनुभएको थियो । बैठकमा नेकपा एकिकृत समाजवादीका उपहासचिव डा विजय पौडेलले पनि सम्बोधन गर्नुभएको थियो । बैठकले अनेरास्ववियूका नेताहरुको आगामि योजना,संगठन बिस्तार गर्न निर्णय गरेको साथै सो कुरा सर्कुलर मार्फत बाहिर ल्याउने कुराको जानकारी अनेरास्ववियूका उपमहासचिव अशोक थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८, १६ आश्विन शनिबार ००:००  ८ : ४२ बजे