२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पा पहिरोमा पुरिएका ३ जना मृतकको सनाखत



काठमाडौं । पाल्पाको तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोमा पुरिएर मृत्यु भएका ३ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा पाल्पाका रिव्दीकोट गाउँपालिका २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, कार्भे पाचखाल नगरपालिका ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका २९ बाङ्गेसालका २३ वर्षीय वीरबहादुर गुरुङ रहेको पाल्पा प्रहरीले पुष्टि गरेको छ ।

सोमबार बेलुका ५ बजेको समयमा झरेको पहिरोमा परी घटनास्थमै २ जनाको र मिसन अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यु भएको थियो । पहिरोमा ४ वटा सवारी साधन पुरिएका अवस्थामा भेटिएका छन् । पुरिएका सवारी साधनमा लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्बरको ट्रक, लु १ च ७०४३ नम्बरको बलेरो र लु १ च ७०११ नम्बरको कार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मनोज गिरीले जानकारी दिए ।

थप सवारी साधन र मानवीय क्षति भएको हुनसक्ने भन्दै अहिले बिहानैदेखि प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना पहिरोस्थमा परिचालन भएको कार्यालयका सूचना अधिकारी गिरीले बताए। सोमबार राती भइ पानी परेपछि खोजविन कार्य रोकिएको थियो ।

तानसेनबाट रिडि तम्घासतर्फ जाँदै गरेका सवारी साधन तानसेन नगरपालिका ११ सम्मोवारीमा झरेको पहिरोको कारण रोकिएको अवस्था पुन पहिरो झरी सवारी साधन बगाएको हो ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार ००:००  ५ : ४५ बजे