२०८२, ७ चैत्र शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले विधान महाधिवेशन आज सकिँदै



काठमाडौं। नेकपा एमालेको जारी विधान महाधिवेशन राजनीतिक, साङ्गठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्दै आइतबार सकिँदैछ । महाधिवेशनको अन्तिम दिन आइतबार पाँच समूहगत छलफलमा आएका सुझाव संकलन गरी टोली नेताले निष्कर्ष सुनाएपछि प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएर महाधिवेशन समापन गर्ने तयारी रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

१० समूहमा विभाजन गरेर तीन दस्तावेजमाथि प्रतिनिधिहरुले छलफल गरेका थिए । शनिबार १० मध्ये ५ समूहले समूहभित्र उठेका प्रश्नसहितको निष्कर्ष सुनाएका थिए ।

आइतबार प्रदेश नं. २, गण्डकी प्रदेश, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसङ्गठन तथा प्रवासका समूहका समुह नेताले आआफ्नो समूहको तर्फबाट सुझाव राख्दै छन् ।

उनीहरुको सुझावपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन,महासचिव ईश्वर पोखरेलले साङ्गठानिक प्रतिवेदन र विष्णु पौडेलले विधान संशोधनमा उठेका प्रश्नको जवाफ दिनेछन् ।

तीन वटै प्रतिवेदनमा शनिबार केन्द्रीय निकाय तथा विभाग, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पाँच समूहका टोली नेताले सुझाव पेश गरेका छन् ।

शनिबार सुझाव पेश गर्ने नेताहरुले एमसीसी, चुनावी प्रणाली, नेतृत्वको देवत्वकरण लगायतका विषयमा प्रश्न गर्दै त्यसबारे स्पस्ट हुनुपर्ने सुझाव राखेका थिए ।

त्यस्तै उनीहरुले प्रस्तावित पदाधिकारीको संख्यालगायतमा पनि फेरबदल गर्नुपर्ने सुझाव राखेका थिए ।

प्रकाशित मिति : २०७८, १७ आश्विन आइतबार ००:००  ११ : २२ बजे