२०८२, ७ चैत्र शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा ६७९ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९७ हजार १९२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ भने ७ लाख ६९ हजार २२४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ जना रहेका छन् । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३७ जना आईसीयू र १०४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रकाशित मिति : २०७८, १७ आश्विन आइतबार ००:००  ५ : ३३ बजे