२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । मंगलबार थप ५ सय ३८ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबार ४ सय ४८ जना पुरुष र ९० जना महिलामा संक्रमण भेटिएको जानकारी दिए ।

कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २२२४ रहेको छ । त्यसमा १८९ महिला र २०३५ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै ८ महिला र ६८ पुरुष गरी ७६ जना डिस्चार्ज भएका हुन् । नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

दैलेखका एक पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार ००:००  १० : ४१ बजे