२०८२, ७ चैत्र शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ लभडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

प्रदेश १–०२–०४१ प २००० नम्बरको मोटरसाइकल गएराति पौने १ बजे अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय डिल्लीराम शाहीको मृत्यु भएको हो । शाहीको दमक अस्पतालमा उपचारको क्रममा राति पौने २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २५ वर्षीय रुपम तामाङ घाइते भएका छन् ।

प्रकाशित मिति : २०७८, २६ कार्तिक शुक्रबार ००:००  १० : २४ बजे