२०८२, ७ चैत्र शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिएसपी तिम्सिनाको निधन



काठमाडौं । इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उहाँको आज विहान निधन भएको जिप्रका सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दसैँअघि बिरामी भएका प्रनाउ तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना गरिएको थियो । यसपछि धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना हुनुभएका उनको अवस्था गम्भीर भएपछि हेलिकोप्टर मार्फत लागि प्रहरी अस्पताल पुर्याइएको थियो । रासस

प्रकाशित मिति : २०७८, २६ कार्तिक शुक्रबार ००:००  १२ : ५२ बजे