काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले संरक्षित वन्यजन्तुको छालासहित एक जनालाई पक्राउ गरेको छ
काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुबाट संरक्षित वन्यजन्तुको छाला (आखेटोपहार) सहित ललितपुरको महांकाल गाउँपालिका-५ चन्दनपुरका २८ वर्षका दिपेश तिमल्सिना पक्राउ परेका हुन् ।
प्रहरीले उनको साथबाट संरक्षित वन्यजन्तुको एक थान छला र ४ थान छालाको टुक्रा बरामद गरेको छ ।











