२०८२, ७ चैत्र शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा तिर्थालु बोकेको बोलेरो दुर्घटना, ३ को मृत्यु, १३ घाइते



ओखलढुंगा । ओखलढुंगाको च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।

सोमबार बिहानै एकादशी मेला भर्न ककनी जाने तिर्थालु बोकेको बोलेरो सुनकोशी गाउँपालिका ९ को सिकारीडाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा वर्ष ३५ की मिठुमाया मगर, वर्ष १६ की तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ । उनीहरू सिद्धिचरण नगरपालिका–१० बेतिनीका स्थानीय हुन् ।

दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए । दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइसकिएको काफ्लेले बताए ।

प्रकाशित मिति : २०७८, २९ कार्तिक सोमबार ००:००  ११ : ०२ बजे